काठमाण्डौँ । कुनै बेला चुनाव जित्नका लागि नेताहरुले भाडाका गुण्डाको प्रयोग गर्थे । तर अहिले अवस्था बदलिएको छ ।हिजोका तिनै भाडाका गुण्डाहरु अहिले दलका नेताहरुलाई पैसा बुझाएर राजनितिक पद प्राप्तिको बाटोमा खरो उत्रिन थालेका छन् ।
मंसिर ४ को निर्वाचनका लागि राजनितिक दलका क्षेत्र र जिल्ला समितिले प्रदेश र प्रतिनिधिसभा सांसदको नाम सिफारिस गरिरहेका छन् । यसरी सिफारि भएकाको सुची झट्ट हेर्दा सांसदका लागि गरिएको सिफारि हो या विगतमा प्रहरीले सार्वजनिक गर्ने गुण्डा नाइकेको सुची हो छुट्याउनै मुस्किल पर्छ । यस्तो सुची तयार पार्नमा सत्तारुढ दल मात्र छैन । प्रतिपक्ष दल पनि कम छन् । हालसम्म सार्वजनिक सुची हेर्दा अपराधीक पृष्ठभूमीका व्यक्ति काँग्रेसमा उल्ल्यख्य संख्यामा सिफारिस भएका छन् ।
राजु गोर्खाली
काँग्रेस सिन्धुपाल्चोकले हत्या अभियोग पुष्टिसंगै जेल बसिसकेका गुण्डा नाइके राजु गोर्खालीलाई प्रतिनिधि सांसदका लागि उम्मेदवारी बनाउन सिफारिस गरेको छ । सिन्धुपाल्चोकको जिल्ला समितिले उनको नाम क्षेत्र नं २ बाट प्रतिनिधिसभाको उम्मेदवारको लागि सिफारिस गरिएको हो । काठमाण्डौँको चावहिल क्षेत्रलाई आधार गरेर लामो समय गुण्डागर्दीमा सक्रिय गोर्खाली राकेश लिम्बुको हत्या अभियोगमा दोषी ठहरिएर जेल परेका व्यक्ति हुन् ।
चक्रे मिलन
अर्का गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङ पनि यस पटक सांसदको उम्मेदवारको लागि सिफारिस भएका छन् । उनलाई एमालेको क्षेत्रीय कमिटिले गोरखा २ बाट प्रतिनिधिसभाको उम्मेदवारीका लागि सिफारिस गरिएका छन् । चक्रपथ क्षेत्रलाई आधार बनाएर आपाराधिक गतिविधीमा संमल्न रहेका चक्रे मिलन पटक पटक पक्राउ परेका थिए । ग्याङवारमा दिपक मनांगे समुहको आक्रमणमा उनको हातै छिनेको थियो । नामुद गुण्डाको रुपमा कुख्यात गुण्डा नाइके एमालेबाट सांसद बन्ने दौडमा छन् । चक्रेमाथि आक्रमण गर्ने मनांगे त हाल गण्डकी प्रदेशमा मन्त्री नै छन् ।
गणेश लामा
गुण्डा नाइकेकै रुपमा चिनिएका गणेश लामा काँग्रेसको केन्द्रिय सदस्य हुदै प्रदेश सांसदको दौडमा छन् । गत निर्वाचनमा काग्रे क्षेत्र नं १ को ख बाट प्रदेश सांसदमा पराजित लामा यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवारी दिदैछन् । उनको नाम पनि प्रदेश सांसदको लागि सिफारिस भएको छ ।
शुक्रे तामाङ
विभिन्न अपराध कर्ममा जेल सजाय भोगेका शुक्रे अहिले कांग्रेसको दोलखा क्षेत्र न १ प्रदेश समिति सभापति हन् । उनको नाम पनि प्रदेश सांसदका लागि सिफारिस भएका छन् ।
दिनेश तामाङ
प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी चरी ग्याङका सदस्य दिनेश तामाङ अहिले धादिङ काग्रेसमा सक्रिय छन् । उनको नाम कांग्रेसबाट धादिङ २ को (क)बाट प्रदेश सांसदको उम्मेदवारी लागि सिफारिस भएको छ ।
दिपक खतिवडा
राजमार्ग क्षेत्रका डनको रुपमा परिचित छन् लिपक खतिवडा । उनलाई एमालेले प्रदेश सांसदको उम्मेदवारको लागि सिफारिस गरिएको छ । धादिङ १ को (ख) बाट सिफारिस भएका उनी राजमार्गमा गुण्डागर्दी, गिट्टी, बालुवा तस्करी र ठेक्कापट्टामा संलग्न छन् । पटक पटक उनी विभिन्न मुद्धामा प्रहरी चौकी पुगिसकेका व्यक्ति हुन् ।
सन्जय लामा
गुण्डागर्दीमा संलग्न काभ्रेका संजय लामा पनि नेपाली कांग्रेसबाट काभ्रे क्षेत्र १ को (ख) मा सिफारिस भएका छन् । लामा प्लाटिनम डिस्कोमा एक व्यक्तिलाई मरनासन्न हुने गरी कुटपिटको अभियोगमा पक्राउ परेका थिए । हाल धरौटीमा छुटिएका हुन् । उनी काभ्रेको भूम्लु गाउँपालिकामा उपाध्यक्ष बनेका गुण्डा नाइके धावा लामा समुहमा रहेर गुण्डागर्दीमा संलग्न छन् । यसरी विभिन्न राजनितिक दलबाट सांसदका लागि सिफारिस हुनेको फेहरिस्त लामै छ ।
यस्ता व्यक्तिहरु सांसदका रुपमा आए भने के होला ? भन्ने विषयमा समाजमा आतंक हिंसाका चरणहरु बढ्ने सुरक्षाविद्हरु बताउदै आएका छन् । तर पनि अबको निर्वाचनमा जसरी पनि जिते र मन्त्रीमण्डलमा समेत सहभागी भयो भने हाम्रो देश कस्तो अवस्थामा र कुन अवस्थामा पुग्ला भन्ने एकिन गर्न सकिदैन ।
अपराधिक कार्यमा संलग्नलाई राजनितिमा ल्याएर दलहरुले बैधता दिन खोजेका छन् । यसले नेपाली राजनिति थप धुमिल हुने निश्चत भएको विज्ञहरुको तर्क छ ।