गत बैशाख ३०को निर्वाचनमा काठमाण्डौँ महानगरपालिका लगायत केही स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भए । वडा तहसम्मै संगठन बनाएका काँग्रेस, एमाले र माओवादी जस्ता परम्पराबादी पार्टीका उम्मेदवारले नसोचेको परिणाम व्यहोर्नुपर्न पुगे । स्थानीय तह निर्वाचनको परिणामपछि स्वतन्त्र उम्मेदवारीको पक्षमा बहस बढेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र दिने तयारी रहेका रोजाईमा प्रमुख दलका शिर्ष नेताको क्षेत्र परेको छ ।
देउवाको ठाउँमा सागर ढकाल
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले यसपालि पनि प्रतिनिधिसभाको चुनावमा प्रतिस्पर्धा गर्र्दैछन् । गृह जिल्ला डडेलधुरामा ६ पटक चुनाव जितिसकेका देउवाको नाम उम्मेदवारका लागि एकल रुपमा सिफारिस भइसकेको छ।
पार्टी अघिल्लो चुनावमा प्रत्यक्षतर्फ २३ सिटमा हुदाँ पनि देउवा विजयी भएका थिए । उनै देउवालाई यसपालि इन्जिनियर सागर ढकालले चुनौती दिने बताइरहेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा देउवालाई चुनौती दिने भनेर ढकालले डडेलधुरामा अभियान पनि चलाएका छन् । उनी आफू भने गुल्मीका हुन् । तर नेपाली काँग्रेसका नेताहरु भने सागर ढकाललाई डडेलधुराका जनताले नचिन्ने बताउदै आएका छन् ।
ओलीको निर्वाचन जिग्री ब्रो र युग पाठक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ हो । आसन्न मंसिर ४ हुने प्रतिनिधिसभामा ओली यही झापा ५ बाट प्रतिपस्र्धा गर्दैछन् । उनी निर्वाचनको तयारीमा पनि जुटिसकेका छन् । उनले २०६४ सालमा बाहेक अन्य निर्वाचनमा पराजय भोगेका छैनन् । यो पटक स्वतन्त्र उम्मेदवारी दिएर ओलीलाई चुनौति दिने हाँस्य कलाकार कुमार कट्टेल (जिग्री)ले गरेका छन् । सामाजिक अभियान्ता सुमन सायमीले नेतृत्व गरिरहेको स्वतन्त्र उम्मेदवारको लौरो अभियान अन्तरगत कट्टेल उम्मेदवार बन्न लागेका हुन् । लेखक युग पाठकले पनि ओली विरुद्ध उम्मेदवारी दिने तयारी गरिरहेका छन् । 
युग पाठक केही दिन एक संचार माध्यममा कुराकानी गर्दै पुरानो विचार र नयाँ आफ्नो विचार मन्थन गर्नका लागि आफ्नो उम्मेदवारी हुने बताएका छन् । उनले पूरानो मानसिकताबाट टाढा हुनका लागि नयाँ स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनको उम्मेदवारी नयाँ र अध्यारोलाई उज्यालो बनाउने अभियानको रुपमा हुने बताए ।
इश्वर पोखरेलको क्षेत्रमा सित्ते बा, रन्जु दर्शना
एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले प्रतिनिधित्व गरेको क्षेत्र काठमाण्डौ ५ हो । यो क्षेत्रमा पनि पोखरेललाई चुनौति दिनका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी भईसकेका छन् । यो क्षेत्रमा उम्मेदवारी दिनेहरुको चासो धेरै छ । यो क्षेत्रमा हाँस्य कालाकार मधुसुधन पाठक (सित्ते बा) देखि विवेकशील नेपालकी पूर्व नेता रन्जु दर्शना, हेमराज थापा लगायतले यस क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
शंकर पोखरेल र कुष्ण बहादुर महाराको क्षेत्रमा विशाल अधिकारी
एमाले महाँसचिव शंकर पोखरेल र एमाले उपाध्यक्ष कृष्ण बहादुर महराको निर्वाचन क्षेत्र दाङ दुईबाट इन्जिनियर विशाल अधिकारीले स्वतन्त्र उम्मेदवारी दिने भनेका छन् । २५ बर्ष पुगेको नेपाली नागरिकले उम्मेदवारी दिन पाउछ । दलका शिर्ष नेताका क्षेत्रमा उम्मेदवारी घोषणा चर्चाका लागि मात्र हो या उनीहरु साच्चै चुनौती बनेर प्रस्तुत हुन्छन् ? त्यो निर्वाचनमै देखिन्छ ।