रामेछाप । हरि दाहाल १९ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभामा सहभागी हुन रामेछापको दोरम्बा शैलुङ २ दोरम्बामा पुगे । उनले दोरम्बामा पुराना साथी र सहकर्मी भेटे । जनयुद्धकालिन समकालिन साथीहरुसंग दुःख सुखका कुरा साटे ।
त्यही जनयुद्धको घाउँको रुपमा दोरम्बा हत्याकाण्ड पहाड बनेर उभिएका छ । त्यही घाउँमा हरेक साउन अन्तिममा नुनचुक लगाउने र केही मोलमपट्टि लगाउने प्रयास बाहेक केही भएको छैन ।
त्यही शिलशिलामा उनी दोरम्बा पुगे । दोरम्बा काण्डमा भागेर ज्यान जोगाउनेमा उनी पनि थिए । उनी मात्र होइन त्यही दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तान (मदन), उदय रजान मगर, अमिर लामा सोही वडामा निर्वाचित वडाअध्यक्ष मेचमान योञ्जन(संगम) लगायत टोली पनि सहभागी थिए ।
सबै जनामध्ये दाहाल निकै भावुक देखिन्थे । उनी हटबटाउथे । केही असन्तुलन जस्तै देखिन्थे । उनी ठूलाराम र सानारामको घरमा पुगे र परिवारलाई भेटे । त्यसपछि उनी तत्कालिन बैठक बसीरहेको बैठक स्थल शिक्षक युवराज तामाङको घरमा पुगे । त्यहाँ उनी निकै बेर टोलाए । घरको पीडीमा बसे र सेना आएको बाटो देखाए । केहीबेर भावुक भने र उनी जबरजस्ती हाँसे ।
२०६० साल साउन ३२ गते उनी लगाउत झण्डै ३ दर्जन नेता कार्यकर्ता सोही घरमा बैठक बसीरहेको थियो । तत्कालिन शाही सेनाले सोही घरबाट नियन्त्रणमा लिएर २१ जना माओवादी नेता कार्यकर्ताको ३ किलोमिटरको दुरीमा रहेको डडुवाको डाँडाकटेरीमा हत्या भएको थियो ।
त्यसपछि उनी त्यतिबेला बैठक भएको स्थलमा पुगे । उनी जहाँ बसेको थियो त्यही गएर बसे । १९ बर्षपछिसम्म पनि उनी बसेको खाट उस्तै थियो । झ्याल उस्तै थियो घर उस्तै थियो । सबै उस्तै थियो । 
उनले त्यही बेला भएको घटनाको स्मरण गरे । उनले भने मदन जी लगायतका साथी यही झ्यालबाट हाम फाल्नुभयो । म हिडेरै घरको मूलढोकाबाट बाहिरिए सबै साथीहरुलाई बाहिरिनुस् भनेको थिए । तर उहाँहरु बाहिरिसक्नुभएन ।
मसंसंगै भागेको भए कम क्षति हुन्थ्यो यति धेरै क्षति हुने थिएन । केही साथीहरुले युद्धविराममा केही हुदैन, भन्दै डराउनुभएन । म पछुताइरहेको छु । मसंगैको सहयात्री बचाउन नसकेकोमा, उनी भावुक हुदै भने । 
उक्त घटनामा उनको श्रीमती अम्बिका दाहालले समेत ज्यान गुमाएका थिए । उनले घरको संरचनाको विषयमा पनि कुरा गरे । सबै ठाउँमा ग्रिल लगाएको रहेछ । मदन जी माथिल्लो तलाको ग्रिल नभएको झ्यालबाट हाम फालेर जानुभयो । त्यो झ्यालमा शाही सेनाले निरन्तर गोली बर्साएपछि कोही साथीहरु भाग्न सक्नुभएन । अन्य केन्द्रिय नेताहरुलाई लक्षित गरी गोली हानीरह्यो । उनी सम्झन्छन् ।
उनले घरको माथिल्लो डिल देखाउदै भने माथिल्लो डिलबाट ढोकाबाट निस्कने बेलामा हान्ने अवस्था थिएन तर तल्लो तलामा एउटै मात्र ढोकाबाट बाहिरिनु पर्ने भएकाले त्यहाँबाट भाग्न सक्ने अवस्था थिएन । मैले भनेको थिए, ढोकाबाटै सकेसम्म बाहिरिने प्रयास गरौँ ।
तर साथीहरु तल्लो तलामा आएर अड्किनुभएछ । त्यो दुःख लाग्दो कुरा हो ।
उनी सम्झन्छन्, त्यो बेला मसंगै भागेको भए मसंग आएका साथीहरु बाच्नुहुन्थ्यो । उनी त्यही घरको चारैतिर हेरेर फर्कदै गर्दा घर भन्दा माथिल्लाको डिलमा आइपुगे र पटक पटक घर हेर्दै भनेँ, यहाँबाट सेनाले सिधै घरभित्र गोली हानीरहेको थियो । हामीले साथीहरुलाई सकेसम्म भाग्न भन्यौँ । सक्नुभएन । 
उनी त्यही डिलमा केही बेर बसे । एउटा चुरोट खल्तीबाट निकाले, सल्काए । घर पछाडीको डिलमा बसे । युद्ध संग्रहलय बनाउन पहल गर्ने प्रतिबद्धता गरे अनि आत्मा आलोचना गरेर मन अमिलो बनाएर दोरम्बा बजार हुँदै सहिद पार्कमा पुगेर सहिदहरुलाई फूलको गुच्छा चढाए ।
याे पनि पढ्नुस्...
न्यायको पहुँच बाहिर दोरम्बा
दोरम्बा हत्याकाण्ड युद्ध नियम तथा जेनेभा घोषणापत्र विपरित होः बर्षमान पुन