रामेछाप । रामेछापको सुनापती गाउँपालिका वडा नम्बर २ दिमीपोखरीमा शहिद सक्षम प्रथम अन्तर पालिका खुल्ला पुरुष भलिबल कप २०७९ तथा बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ र्राष्ट्रिय खेलकुद बिकास परिषद काठमाडौको सहयोग तथा सक्षम बहुउदेश्य सहकारी सस्थाको आयोजनामा भोलि देखि प्रतियोगिता शुरु हुने भएको हो ।
सुन्दर दिमीपोखरीको सान ग्रामीण भेगमा भलिबल खेलको प्रबर्द्धन र खेलकुदबाट देशलाई चिनाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको सस्थाका संयोजक सोनाम तामाङले जानकारी दिनुभयो ।
प्रतियोगिताको उर्द्धघाट्न भोलि सामाजिक बिकास मन्त्री कुमारी मोक्तानबाट हुने छ ।प्रतियोगितामा रामेछाप सबै स्थानीय तह , सिन्धुली , काभ्रे , दोलखा , ओखलढुंगाका खेलाडीहरुले सहभागी जनाउन पाउने छन ।प्रतियोगितामा प्रथम, द्धितिय, तितृय र सान्त्वना हुने समुहलाई नगद रु २ लाख, १ लाख , ५० हजार र २५ हजारको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।त्यस्तै उत्कृष्टतर्फ बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट लिफ्टर , बेस्ट डिफ्रेन्डर र बेस्ट ब्लकरलाई ५/५ हजारको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
फागुन ४ गते फाइनल खेल , पुरस्कार वितरण साथै कलाघर सिन्धुलीको बेजोड सास्कृितक प्रस्तुति समेत रहने जनाएको छ ।