रामेछाप । रामेछापका दोरम्बा शैलुङ गाउँपालिकामा सामी रोजगार प्रबद्र्धन कार्यक्रमले विभिन्न बस्तीमा पुगेर बैदेशिक रोजगार र रोजगारमा भएका समस्याको विषयमा परामर्श गर्ने काम प्रभावकारी बनेको छ ।
दोरम्बा शैलुङ गाउँपालिकाको सहकार्यका विगत तीन बर्ष यता बैदेशिक रोजगारको विषय विभिन्न कार्यक्रम गर्दै आएको छ । दोरम्बा शैलुङका विभिन्न वडा तथा टोलमा पुगेर बैदेशिक रोजगारमा भएका विभिन्न समस्या र उनीहरुको उद्धार लगायतका काममा सक्रिय रहेका छन् ।
सामी रोजगार प्रबद्र्धन कार्यक्रम अन्तर्गतसके सम्म स्वदेशमै रोजगारी गरौ यदि वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना र सीप सिकेर मात्र जाऔ भन्ने नारा सहित वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र ब्यबस्थित गर्नका लागि निरन्तर खबरदारी गरिरहेको छ ।
यही कार्यक्रम अन्तरगत आज दोरम्बा शैलुङ्ग गाउपालिका ०१ को बोजे र नाङ्गथली वैदेशिक समुदाय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वैदेशिक रोजगारमा गएका परिवारका सदस्यहरु र जान लागेका परिवारको सदस्यहरुलाई लक्षित गर्दै वैदेशिक रोजगारको कारणले आर्जित मनोसामाजिक समस्याहरु , वैदेशिक रोजगारबाट प्राप्त बिप्रेषणलाई सहि सदुपयोग कसरी गर्ने र अनुउत्पादक क्षेत्रमा भन्दा उत्पादन मुलक क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा रहेर छ्लफल संचालन गरिएको थियो ।
बैदेशिक रोजगारमा जान चाहने यूवा हरुलाई लक्षित गर्दै बैदेशिक बोडले सञ्चालन गरेको आवासीय तालिमको बारेमा जानकारी दिएको बैदेशिक रोजगारमा जान चाहाने र गएका परिवार लाई बिदेश जानू पुर्व गर्नु पर्ने तयारी र बिदेशमा गैई सके पछि अपनाउनु पर्ने ज्ञानको विषयमा र बिदेश जानको निम्ति बनाएका कागजपत्र घरमा एक प्रती छोडन साथै कागजको महत्त्वको बारेमा बताएको थियो ।
वैदेशिक रोजगारीमा जानू पुर्व लाग्ने लागतको बारे बताए सङै रकम बुझाए पश्चत रसिद र भरपाई अनिबार्य रूपमा लिन र बैदेशिक रोजगारी जानको लागि लिईने श्रम स्वकृतिको बारेमा बताउदै श्रम गरेर जादा हुने फाईदाको बारेमा जानकारी गराएको थियो ।
नेपाल सरकारले रोजगारीको क्रममा श्रम अबधि भित्र मृत्यु , अङ्गभङ्ग भएको परिवारको छोराछोरीले प्राप्त गर्ने छात्रावृतीबारे जानकारी दिएको साथै बैदेशिक रोजगारमा गएको परिवारमा लाग्ने लान्छनाले गर्दा परिवारको सदस्यहरुमा देखिन्ने विभिन्न मनोसामाजिक समस्याहरु जसले ब्यक्तिमा पार्ने असर र यसको समाधानको बारेमा मनोसामाजिक परामर्शकर्ता नोर्बु योन्जनले बताउनु भयो । अहिले बैदेशिक रोजगारका लागि आवश्यक मरामर्श लिनुपर्नेमा जोड दिनुभएको थियो ।