दोरम्बा, रामेछाप । गाउँका सर्वसाधरण अनुभूति हुने गरी विकास गर्ने बागमति प्रदेशसभा सदस्य युवराज चौलागाईले बताउनुभएको छ ।
मंगलबार रामेछापको खाँडादेवी ७ थानसिन स्थित घेछेलिङ गुम्बामा भएको महा शान्ति कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रदेशसभा सदस्य चौलागाईले जनताको घर आगनमा विरामी, अशक्त तथा बृद्धबृद्धाले आवश्यताका आधार औषधी उपचार र सहरका बोर्डिङ तथा विश्व विद्यालयका विद्यार्थी जसरी नै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हुने खालको विकास जनताले चाहेको बताउनुभयो ।
उहाँले गाउँमा महिला तथा दिदि बहिनी विरामी हुँदा स्टेचरमा बोकेर उपचार गराउन र सहरमा बसेर पढेका बालबालिकासंग गाउँमा बसेर पढेका बालबालिका प्रतिपर्धा गर्न सक्ने शिक्षाको विकास गराउनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो, गाउँमा रगत चुहाएर स्टेचरमा विरामी बोक्नुपरेको छ, बृद्ध बाआमाहरुले सहज रुपमा उपचार पाउन सक्नुभएको छैन । अनि सहरमा पढेको र गाउँमा पढेको बालबालिका प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा छ भने त्यो विकास भएको मान्नुहुन्न । मेरो भनाई के हो भने अब विरामीलाई सहजै अस्पताल पुर्याउने र बृद्ध बाआमालाई यही गाउँमै बसेर उपचार गराउन सक्ने बनाउनुपर्छ ।
अनि सहरमा पढेको बालबालिका र यहाँ बसेर पढेको बालबालिकाले प्रतिस्पर्धा गर्न सक्नुपर्छ, लोकसेवामा नाम निकाल्न सक्नुपर्छ अनि विदेशमा जाँदा कुनै ठाउँमा रोकतोक गर्न नसक्ने हुनुपर्छ । म गाउँ र सहरमा हुने सेवा र सुविधा फरक नहुने गरी विकास गराउन चाहन्छु यसलाई तपाइहरुले पनि सहयोग गर्नुर्छ, उहाँले थप्नुभयो ।
उहाँले अहिले महिला दिदि बहिनीहरुलाई निकै समस्या छ, सुत्केरी हुदाँ पनि बर्थिङ सेन्टर लैजादा बाटो नहुँदा स्टेचरमा बोक्नुपर्ने बाध्यताले गाउँमा दुःख भइरहेको भन्दै सर्वसुलभ स्वास्थ्य र शिक्षाको पहुँच गाउँका जनतालाई आवश्यक रहेको बताउनुभयो ।
सांसद चौलागाईले मतदाताहरुलाई धन्यबाद दिनुहुदै जनताले आफूलाई मत दिएर जिताउनु भनेकै आफूलाई जिम्मेवारी दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, तपाईहरुले मलाई मसिंर ४ मा भोट हाल्नुभयो, तपाईहरुले आफ्नो काम सकाउनुभयो, अब मेरो काम बाकीँ छ, तपाईहरुले अनुभूति गर्नेगरी विकास गराउनु छ म गर्छु पनि ।

सांसद चौँलागाईले अब जनताले अनुभूति हुनेगरी विकास गराउन आफू लागिपर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले सबै तहको सरकारसंग सहकार्य गरी रामेछापको विकासका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसंग सहकार्य गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, अहिले म आइरहेको बाटो हेरिरहेको छु, यहाँ बाटोको आवश्यक छ, खानेपानीको पनि उस्तै आवश्यकता छ । मैले ठूला गाडी गुड्ने बाटो बनाउने भन्दा पनि विरामीलाई समयमै उपचार गराउन एम्बुलेन्स हिड्न सक्ने बाटो बनाउनेछु ।
महिला दिदि बहिनी र बाआमालाई गाउँमै स्वास्थ्य सेवा दिनका लागि पहल गर्छु ।
सांसद चौलागाईले रामेछापको विकासका लागि पर्यटन विकासको आवश्यकता रहेको भन्दै शैलुङमा पर्यटन विकासका लागि आवश्यक पूर्वधार बनाउनमा आफू लागि पर्ने बताउनुभयो । उहाँले शैलुङसम्म सडक कालोपत्रे बनाउने र पर्यटनका लागि आवश्यक होम स्टे तथा होटलहरुको स्तर बृद्धि गराउन विभिन्न कार्यक्रम संचालन गर्न पहल गर्ने बताउनुभयो ।