रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाले भू–बर्गिकरण गर्नका लागि स्थानीय भू–उपयोग परिषद र भू– उपयोग कार्यन्वयन समिति गठन गरेको छ । बिहिबार बसेको कार्यापालिकाको बैठकले गाउँपालिकाको अध्यक्ष मैन कुमार मोक्तान (मदन) को अध्यक्षतामा १६ सदस्यीय स्थानीय भू–उपयोग परिषद गठन गरिएको हो ।
भू–उपयोग परिषदका कार्यपालिकाका सबै पदाधीकारीहरु रहने व्यवस्थाअनुसार कार्यापालिकाका सबै पदाधीकारी र सदस्यहरु सम्मलित परिषद गठन गरिएको हो ।
परिषदमा गाउँपालिकाका अध्यक्ष अध्यक्ष हुनेछ भने उपाध्यक्ष, वडा अध्यक्ष र कार्यापालिका सदस्यहरु सदस्य रहनेछ भने प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुने व्यवस्था छ ।
यस्तै ९ सदस्यीय स्थानीय भू– उपयोग कार्यन्वयन समिति गठन गरिएको छ । समितिमा गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिमा संबन्धीत वडाको वडाअध्यक्ष सदस्य, कृषी विकास शाखा प्रमुख सदस्य, पूर्वधार शाखाको प्रमुख सदस्य र ४ जना मनोनित सदस्य रहने गरी स्थानीय भू–उपयोग कार्यन्वयन समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तान (मदन) सदस्यमा कृषी विकास शाखा प्रमुख राजकुमार श्रेष्ठ, पूर्वधार विकास शाखा प्रमुख विरन्द्र विक्रम तामाङ, यस्तै मनोनित सदस्यहरुमा इश्वरी गौतम, कृष्ण बहादुर राना, तेज नगरकोटी र विमला बर्देवा मनोनित भएका छन् ।
स्थानीय भू–उपयोग परिषद र भू–उपयोग कार्यन्वयन समितिले जग्गाको बर्गीकरण गरी जग्गाको उपयोग गर्नका लागि सिफारिस गर्ने छ ।
यसैगरी कार्यपालिकाको बैठकले दोरम्बा शैलुङ १ र २ नं वडालाई किबीको पकटे क्षेत्रको घोषणा गरेको छ भने वडा नं ३ लाई आलु पकेट क्षेत्रको रुपमा घोषणा गरी कार्यन्वयन गर्ने निर्णय गरेको छ । यी पकेट क्षेत्रमा संबन्धीत कृषी बस्तुको बजारीकरण र उत्पादनमा विभिन्न कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।