रामेछाप, दोरम्बा । दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले शैक्षिक गुणस्तका लागि गाउँपालिकाले कुनै पनि कुरामा कन्ज्युस्याई नगर्ने बताउनुभएको छ । आइतबार दोरम्बा शैलुङ गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको प्रधानध्यापक र लेखापाललाई लेखा प्रणाली सम्बन्धी अभिमुखिकरण तालिमको समापन समारोहमा बोल्नुहुदै गाउँपालिकाले शैक्षिक गुणस्तरका लागि सबै प्रकारको मापदण्ड र विधि तथा पद्धतिको पालान र प्रयोग गर्ने बताउनुभयो ।
विद्यालयमा शैक्षिक गुणस्तर बनाउनका लागि सबै शिक्षकहरुले पनि साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले शिक्षाको गुणस्तर आवश्यक रहेको भन्दै गुणस्तरीय शिक्षाका लागि जो जस्ले जहाँबाट कसरी योगदान गर्न सकिन्छ त्यो गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले शैक्षिक गुणस्तरका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरिएको बताउनुभयो । अहिले सबै जसो विद्यालयमा भौतिक सुविधा भएपनि गुणस्तरमा कमजोर भएको र गुणस्तरमा बढवा दिनका लागि गाउँपालिकाले निरन्तर पहल गरिरहेको बताउनुभयो ।
प्रधानध्यापकहरुलाई लक्षित गर्नुहुदै उहाँले भन्नुभयो,“अहिले तपाईहरुलाई लाग्न सक्छ बजेट छैन, तपाईहरु गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता गर्नुहोस् र विशुद्ध एउटा एजेण्डामा काम गर्नुहोस्, यसमा बजेट आर्थिक सहयोग गर्न गाउँपालिका तयार छ । हाम्रो मुख्य एजेण्डा गुणस्तरीय शिक्षा बनाउनु हो ।
केही दिन अघि केही शिक्षकहरुको सरुवा भएको विषयलाई केही शिक्षकहरुले विरोध गरेको भन्दै उहाँले यो कसैलाई केही प्रायोजनका लागि नभई गुणस्तरीय शिक्षा प्रदान गर्ने सबालमा भएको बताउनुभयो । उहाँले भन्नुभयो, तपाई गुणस्तरीय शिक्षा प्रदान गर्न कालिका मावि रिष्ठेबाट दोरम्बाको काकलिङ माविमा आउनुपर्छ, यसमा तपाई तयार हुनुपर्छ, यसको प्रायोजन गुणस्तरीयता बनाउनु हो । पालिकाले कसैलाई कुनै पूर्वाग्राही भएर सुरुवा गरिदैन पालिकाको एक मात्र चाहान हो, शैक्षिक गुणस्तर, त्यसैले तपाई शैक्षिक गुणस्तर बनाउनका लागि कालिकाबाट दोरम्बाको काकलिङ अनि काकलिङको भिमेश्वर मावि थापागाउँ जान तयार हुनु पर्यो । तब मात्र गुणस्तरीय हुन्छ ।
यस्तै अर्को प्रसंगमा उहाँले गाउँकै प्रधानध्यापक र शिक्षकले गुणस्तरीता कायम गर्न नसक्ने बताउनुभयो । मैले सबै साथीहरुलाई भनेको होइन । गाउँमै भएपछि छिमेकमा भएका केही सानो काममा पनि सहभागी हुनुपर्ने त्यसमा भूल्ने विद्यालयलाई समय दिन नसक्ने केही समस्या छ । यो रहर भन्दा पनि बाध्यता हो । यसलाई हामीले चिर्नसक्नुपर्छ । अब सबै शिक्षक र प्रअ साथीहरुले मनन गर्नुहुनेछ । शिक्षालाई गुणस्तरियता बनाउनु आवश्यक छ ।
मोडल शिक्षा अहिलेको आश्यकता हो अपरिहार्य हो । म मोडल शिक्षा बनाउनका लागि सबै विद्यालयलाई आग्रह गर्छु । आवश्यक बजेट पनि वितरण गर्छु तर यसले गुणात्मक परिवर्तन होस् ।
यस्तै कार्यक्रममा उपाध्यक्ष खमला थापामगरले कुनै पनि शिक्षक तथा विद्यालयलाई राजनितिक पूर्वाग्रही नगरीकन गुणस्तरीय शिक्षा निर्माणमा लाग्ने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर निर्माणमा सबै निकायले पहल गर्नुपर्ने बताउनुभयो ।