दोरम्बा, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका २ दोरम्बामा भएको दोरम्बा सहिद स्मृति गाँउपालिका स्तरीय मैत्रीपूर्ण फुटबलको उपाधी शिक्षक समुहले हात पारेको छ । गाउँपालिका भित्र रहेका विभिन्न निकायवीच भएको मैत्रीपूर्ण फुटबलको उपाधी शिक्षक समुहले २–१ को गोल अन्तरले जितेको हो ।
गाउँपालिकाभित्र रहेको जनप्रतिनिधि, राजनितिक दल, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकहरुवीच भएको खेलमा शिक्षकहरुको समुहले स्वास्थ्यकर्मीको समुहलाई पछिपार्दै उपाधी जितेको दोरम्बा शैलुङ गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष उदय रजान मगरले बताउनुभयो ।
यस्तै प्रतियोगीताको उपविजेता स्वास्थ्यकर्मीहरुको समुह भएका छन् भने तेस्रो नेकपा माओवादी केन्द्रले हात पारेको छ । भने नेकपा माओवादीसंग नेपाल पोलिस पछि पर्दै चौथो स्थानमा खुम्चिएका छन् ।
खेल नकआउट चरणमा खेल भएकाको थियो । विभिन्न आठ समुहमा भएको खेलमा पहिलो खेल जनप्रतिनिधि र नेपाल पोलिस वीच भएको थियो । पहिलो खेलमा जनप्रतिनिधीलाई हराउदै पोलिस सेमीफाइलनमा प्रवेश गरिएको थियो ।
यस्तै दोस्रो खेल नेपाली काँग्रेस र स्वास्थ्यकर्मीको टोलीवीचको खेलमा नेपाली काग्रेस पराजित हुदै पहिलो चरणको खेलबाट बाहिरिएको थियो ।
यस्तै तेस्रो खेल नेकपा माओवादी केन्द्र र पाउँपालिकाको कर्मचारीवीच भएको थियो । नेकपा माओवादी केन्द्रले कर्मचारीको समुहलाई हराउदै सेमिफाइनलको यात्रामा प्रवेश गरिएको थियो ।
यस्तै चौथो चरणको खेलमा शिक्षकहरुको समुह र नेकपा एमालेको टोलीवीच खेल भएको थियो । खेलमा नेकपा एमालेलाई पछि पार्दै शिक्षकहरुको टोली सेमिफाइनलमा प्रवेश गरिएको थियो ।
यस्तै सेमिफाइनलको खेलमा स्वस्थ्यकर्मीको टोलीले प्रहरीलाई पछि पार्दै फाइलनमा प्रवेश गरिएको थियो भने शिक्षकहरुको टोलीले माओवादी केन्द्रलाई हराउदै फाइनलको यात्रा तय गरिएको थियो ।











