रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले देश बन्न र बनाउनका लागि पत्रकार, अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सचिनु पर्ने बताउनुभएको छ । बुधबार न्यायिक समितिको आयोजनामा भएको मेलमिलाप कर्ताहरुलाई आठ दिने मेलमिलाप तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहुदै अध्यक्ष मोक्तानले जनप्रतिनिधि मात्रै वा नेता तथा नेतृत्व मात्रै सचिएर देश बन्न नसक्ने जिकिर गर्नुभएको हो ।
अहिले न्याय पाउनुपर्ने जनताले पाउन नसकेको तथा न्याय पैसा र पहुँचको आधारमा विक्रि भइरहेको भन्दै सामाजवादी न्याय जबसम्म जनताले अनुभून गर्न नसकिने अवस्था हुन्छ तबसम्म न्याय पक्षपाति र समनता न्यायको अनुभूती नहुने बताउनुभयो । 
अहिले हामी सबैले नेता, सांसद तथा जनप्रतिनिधिहरु भ्रष्ट भएको आरोप वा सचिनुपर्छ भन्ने आवाज आइरहेको छ, यो भन्दा धेरै चाँही पत्रकार, न्यायलय अदालत र अख्तियारका साथीहरुले अन्याय गरिरहेको छ । जबसम्म पत्रकारिता क्षेत्र निष्पक्ष हुदैन, न्यायलय पैसामा किनबेच हुदैन, अनि अख्तियारले सहि र न्यायोचित अनुसन्धान गरिदैन तबसम्म देश बन्दैन ।
उहाँले अगाडि थप्नुभयो, थाहा छ, देश यो हालतले विकास हुदैन, देश विकास हुनुलाई नेता सचिनुपर्छ त्यो थाहा छ, तर पनि प्रचण्ड मात्रै सचिएर हुदैन, के पी ओली सचिएर मात्र हुदैन अनि शेरबहादुर देउवा सचिएर मात्रै हुदैन, देश बन्दैन । देश बन्नका लागि थप तीन निकाय पनि सचिनु आवश्यक छ ।
अध्यक्ष मोक्तानले पत्रकारले पक्षपाति गरेर समाचार सम्प्रेषण गर्ने, प्रोप्रोगाण्ड मचाउने अनि अदालतले वास्तविकता नबुझिकनै विभिन्न लोभ र लालाचामा परी पक्षपाति फैसला गर्ने अनि अख्तियारले सहि ढंगले अनुसन्धान नगर्ने जस्ता कार्यले जनतामा नैरास्यता पैदा भएको बताउनुभयो ।
अध्यक्ष मोक्तानले अब सबैले सामाजवादी समाज विकासमा लाग्नुको विकल्प नरहेको पनि बताउनुभयो । उहाँले समाजवादी चिन्तनको विकास अहिले भइरहेको र त्यो चिन्तनमा सबै जनता एकसाथ भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो ।
हामी देश गरिबी भयो, देश गरिबीमा फस्यो भन्छौँ, हामीले आफ्नो भूमिका र दायित्व कसैले निर्वाह गर्न सकेको छैन । हाम्रो समाजमा परिवारका एक जनाको कमाइले सबै परिवार निर्भर भइरहेको छ, सबै जना फुर्सदिला भएका छन् त्यही नेपालीहरुको फूर्सदिला र दुःख गर्न नसक्ने र नगर्ने प्रबृत्तिले नेपाल गरिबीमा फसिरहेको छ, उहाँले थप्नुभयो ।
अमेरिका र जापान कसरी सम्पन्न भयो? भन्ने कसैले सोचेकै छैन । किनकी त्यहाँ बसी बसी खान पाइदैन, नेपालमा यहाँ कैयौ मान्छे बरालिएर हिडिरहेको छ । श्रम गर्न नमानिरहेको छ । यो प्रबृत्तिले हाम्रो समाज विकास नभएको हो, अध्यक्ष मोक्तानले भन्नुभयो ।

अर्को प्रसंगमा अध्यक्ष मोक्तानले समाजबादको परिकल्पना सबै राजनितिक दलले गरिरहेको बताउनुभयो । तर समाजवादमा जानका लागि सबै जनता सम्पन्न हुनुपर्ने बताउनुभयो ।
नेपालका सबै जनता सम्पन्न हुनुपर्ने र सबै जनतालाई आधारभूत आवश्यकता सरकारले गर्ने तथा सरकारका लागि जनताले आवश्यक श्रम दिनुपर्ने व्यवस्था भएको खण्डमा समाजबादले सार्थकता पाउने बताउनुभयो । उहाँले उद्धाहरण दिदै भन्नुभयो, अहिले तपाईले एक किलो सुन पाउनुभयो भने खुसी हुनुहुन्छ, अनि सय किलो पाउनुभयो भने झनै खुसी हुनुहुन्छ । तर समाजवादमा तपाई एक किलो सुन पाए पनि वा सय किलो पाए पनि खुसी हुने कुनै आधार हुदैन, किनकी तपाईलाई घर बनाउनुपर्ने, छोराछोरीलाई पढाउनुपर्ने, अनि स्वास्थ्य उपचार सरकारले गरिदिन्छ । अहिले सबै तपाई आफैले गर्नुपर्ने भएको छ । यो पद्धतिलाई अन्त हुनका लागि सबै जनताले श्रम गर्नु आवश्यक छ । अनि सम्पन्न हुनु आवश्यक छ ।
अहिले नेपालका सबै श्रममा जोड्न सक्ने नेपालीले श्रम गर्ने हो भने साच्चै देश बन्न कुनै समय वा कुनै दशक कुर्नुपर्ने देखिदैन । नेपाली गरिब छ भन्नु नै गलत हो जस्तो लाग्छ, किनकी नेपालीहरु सुखी छन्, श्रममा जोडिएकै छैन अनि कसरी आर्थिक उपार्जन हुन्छ ? जबसम्म श्रमसंग जोडिदैन तबसम्म सम्पन्न हुदैन र समाजवाद आउदैन ।
उहाँले समाजवादपछिको अर्को यात्रा साम्यवाद भएको बताउनुभयो । अहिले विश्वमा साम्यावादको अभ्यास नभएपनि साम्यावादको परिकल्पना भने भएको बताउनुभयो । साम्यवादमा अदालत, प्रहरी, सेना तथा कुनै पनि असमनता नहुने बताउनुभयो । उहाँले सबै जनता सम्पन्न र सुखी हुने भएकाले त्यहा असमनता नहुने बताउनुभयो । उहाँले सबै जनता र निकाय सच्चिनुको कुनै विकल्प नरहेको बताउनुभयो ।