रामेछाप । रामेछापको दोरम्बा शैलुङमा नेकपा माओवादीका अध्यक्ष एवम् बाहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएको छ । तत्कालिन नेकपा माओवादी र तत्कालिन सरकारवीच दोस्रो चरणको शान्तिबार्ताका क्रममा भएको युद्ध अपराधको स्मृतिसभालाई सम्बोधन गर्नका लागि प्रचण्ड दोरम्बामा आउन लागेको हो ।
२०६० साल साउन ३२ गते दोरम्बामा तत्कालिन शाही सेनाले २१ जनाको निर्मतापूर्वक हत्या गरिएको घटनाको सम्झनामा गर्न लागिएको २० औँ दोरम्बा हत्याकाण्ड स्मृतिसभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङले जनाएको छ ।
दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएकाहरुको परिवारजनसंग भेटघाट गर्ने कार्यक्रम समेत राखिएको छ । दाङको हापुरेमा शान्तिबार्ता भइरहेको बेलामा दोरम्बामा उक्त घटना भएको थियो । घटनामा दुई शिक्षक परिवार सहित २१ जना माओवादी नेता कार्यकर्ताको हत्या भएको थियो । घटनापछि बार्ता भंग गरी माओवादी युद्धमा होमिएका थिए ।
दोरम्बा घटनामा दरबारीयको हात थियोः प्रचण्ड
२०७५ साउन ३२ गते प्रचण्ड दोरम्बामा पुगेका थिए । उनी नेपाली सेनाका हेलिकप्टर मार्फत घटना स्थल डाँडाकटेरीमा पुगेको हो । उनी घटनास्थलमा पुगेर घटनामा ज्यान गुमाएकाहरुलाई फूलमालाले सम्मान तथा श्रद्धाञ्जली अर्पण गरेका थिए भने सहिद परिवारलाई सम्मान गरेका थिए ।
उनी तत्कालिन नेकपाको अध्यक्षको हैसिएतमा पुगेका थिए । नेकपा माओवादी र नेकपा एमालेवीच एकिकरण भइसकेको अवस्थामा उनी तत्कालिन नेकपाको अध्यक्ष थिए ।
उनले स्मृतिसभामा सम्बोधन गर्दै दोरम्बा हत्याकाण्ड सितिमिति योजनाले गरेको नभइ दरबारको ठाँडो आदेशले गरेको बताएका थिए । उनले भनेका थिए, ‘बार्ता चलिरहेको थियो, बार्ता सकरात्मक थियो, हामी युद्ध त्यागेर सत्तामा आउने कुरा भइरहेको थियो, दरबार हामीलाई सत्ताबाहिर राख्न चाहन्थे, हामीलाई दबाइरहन चाहन्थे । यो सानो योजना र सानो मान्छेको डिजाइनमा भएको घटना होइन यो दरबारको ठाँडो आदेशले गरेको नरसंहार हो ।’
कार्यक्रमा उनले दोरम्बालाई गोरिल्ला पदमार्ग अर्थात युद्ध पर्यटनको विकास गर्ने प्रतिबद्धता जनाएका थिए । दोरम्बा संसारले चिनेको र अब दोरम्बालाई संसारले हेर्ने बातावरण तयार गर्ने बताएका थिए । उनले खैरिहनी, गाल्पा, दोरम्बा, डाँडाकटेरी, शैलुङलाई गोरिल्ला पदमार्गको रुपमा विकास गराउने प्रतिबद्धता गरेका थिए ।
प्रचण्डको रामेछापबाट निर्वाचन लड्ने सपना पुरा भएन
२०७५ साउन ३२ गते उनले आगामी निर्वाचनमा रामेछापबाटै निर्वाचन लड्ने इच्छा व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘‘मैले युद्ध भूमीबाट पनि चुनाव लडेको छु, शहरबाट पनि लडे, तराई मधेशबाट पनि लडे, आफ्नै गृह नगरबाट पनि चुनाव लडे, अब पूर्वको रुकुम र रोल्पा भनि चिनिने रामेछापमाबाट लड्न पनि सक्छु, आगामी दिनमा रामेछापलाई सुन्दर बनाउन म यही क्षेत्रबाट लड्न सक्छु । सहिद परिवारको सपना साकार बनाउन म यही क्षेत्रबाट निर्वाचन लड्न तयार हुन्छु ।
यसमा साथीहरुले सहयोग गर्नुहुनेछ अनि रामेछापेली जनताले साथ दिनुहुन्छ । ’’
उनले यो आशय २०७९ सालमा हुने निर्वाचनमा उनी रामेछापबाट निर्वाचन लड्ने हो । नेकपा एमाले र माओवादीवीचको एकता भंग भएसंगै काँग्रेस र माओवादी तथा एकिकृत समाजवादीवीचको गठबन्धनका कारण उनी रामेछापमा चुनाव लड्नबाट बन्चित भए ।
उनी रामेछाप सुरक्षित क्षेत्र ठानिएको थियो । तर काँग्रेस एकिकृत समाजबादीसंगको चुनावी तालमेलमा रामेछाप काँग्रेसलाई दिन नेपाली काँग्रेस रामेछापमा सभापति पूर्ण बहादुर तामाङ र काँग्रेस सभापति शेर बहादुर देउवाको आग्रहलाई उनले स्वीकार गरेसंगं उनी चुनाव लड्न गोरखा हानिए ।
उनले घोषणा गर्ने कार्यक्रम के के पूरा भयो ?
उनले दोरम्बामा आइसकेपछि दोरम्बामा ज्यान गुमाएकाहरुको सालिक निर्माण गर्ने प्रतिबद्धता गरेका थिए । अहिले शालिक निर्माण भइसकेको छ । उनले दोमानटार खैरिहनीबाट शैलुङसम्म पदमार्गको काम सम्पन्न भइसकेका छन् भने खैरिहनीमा मोटोरेवल पुल निर्माण सम्पन्न भइसकेको छ । उक्त पूलको उत्घाटन प्रचण्डले नै गरेका थिए । युद्ध पर्यटन विकासका लागि पदमार्गमा सिढी हाल्ने काम सम्पन्न भइसकेका छ । यही रुटको प्रर्वद्धन तथा पर्यटन प्रवद्र्धन गर्नका लागि सुनापति शैलुङ अन्तराष्ट्रिय अल्ट्रा म्याराथन २०२३ सम्पन्न गरिसकेको छ ।
उनले रामेछापमा जलविद्युतको सम्भावना रहेको र जल पर्यटन तथा जलस्रोतको उचित उपयोगका लागि सुनकोशी मरिन ड्राइभर्सनको निर्माणमा रामेछापको भूमीको उचित उपयोग गर्ने बताएका थिए । सुनकोश िमरिन ड्राइभर्सनको काम सुरु भइसकेको छ । उनले रामेछापको भूमीमै २२० केभीको सवस्टेशन र २२० केभीको अन्तरदेशिय विद्युत प्रसारण लाइन निर्माण गर्ने प्रतिबद्धता गरेको थिए । २२० केभीको सब स्टेशन रामेछापको देवीटारमा निर्माण सम्पन्न भइसकेको छ भने रामेछापको खिम्ती–धल्केवर २२० केभी अन्तरदेशीय प्रसारण लाईनको समेत निर्माण सम्पन्न भएको छ ।
प्रचण्डले २०७५ साल साउन ३१ गते दाेरम्बामा गरेकाे सम्बाेधनकाे केही अंश .