रामेछाप । नेपाली जनताको परिवर्तन तथा सम्बृद्ध युगमा देशलाई पुर्याउनका लागि माओवादीले नयाँ ढंगको जनयुद्ध सुरु गरिने नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । बिहिबार रामेछापको दोरम्बामा २० औँ दोरम्बा हत्याकाण्ड स्मृति सभालाई सम्बोधन गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले हिजो जनयुद्ध बन्दुकबाट लडेपनि अब सुसाशन तथा अवस्था परिवर्तनका लागि नयाँ ढंगको फरक जनयुद्धमा देश लाग्ने बताउनुभयो ।
जनयुद्धमा जनताले साथ दिएको र सहिदहरुले रगत बगाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अब सहिदहरुको सपना पुरा गर्न र जनताको अवस्था बदल्न फरक ढंगको जनयुद्धमा लाग्नुकोल विकल्प नरहेको बताउनुभयो । उहाँले शान्ति प्रकृयापछि माओवादी केही विचलित भएको केही कमिकमजोर भएकोले आत्मासमिक्षा गरी माओवादीलाई एकताबद्ध गरी सरकार र जनता मिलेर जनयुद्धको मुद्धा उत्कर्षमा पुर्याउने बताउनुभयो ।
हामी सरकारमा बसेर बेतिथी, भ्रष्टाचारको विरुद्धमा लड्ने र जनताले हिजो जनयुद्धको बेला जस्तै गरी साथ दिने बताउनुभयो । शान्ति सम्झौतापछि जनयुद्धका सहिद घाइते, बेपत्ता तथा करोडौँ जनताको सपना कतै विर्शिएको जस्तो आवस हुदै गर्दा आफू प्रधानमन्त्री भएको र जनयुद्ध, जनआन्दोलनमा ज्यान गुमाएकाहरुलाई उचित सम्मान, देशलाई सम्बृद्धिको नयाँ ढोका खोल्नकै लागि आफू प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हिजो हामीले सामन्तबादको अन्तका लागि बन्दुक बोकर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामावेशी र समनाताको युगमा ल्याउन सफल भयौँ, तर त्यति ठूलो बलिदानपछि त्यति ठूलो युद्धपछि जनताले आफ्नो जीवनस्तरमा जति परिवर्तनको अपेक्षा गरिएको थियो त्या अझै प्राप्त गर्न सकेको छैन । हामीले भन्ने त गथ्र्यौँ हाम्रो आन्दोलन अझै जारी राष्ट्रको एकताका निम्ति, देशको स्वाधिनको निम्ती देशको भौगोलिक अखण्डताको निम्ति र नेपाली जनताको परिवर्तनको. निम्ति गर्न अझै बाँकी छ ।’’
उहाँले सैदान्तिक रुपमा यी कुराहरु गरे पनि व्यवहारमा लागु गर्न नसकेको र अब व्यवहारमा लागु गरी देश परिवर्तको नयाँ चरणमा जाने बताउनुभयो। उहाँले भन्नुभयो, सैदान्तिक रुपले हामले परिवर्तन गर्ने भने पनि व्यहारमा कसरी जाने भन्ने कुरामा दुविधामा माओवादी पार्टी परेको स्मरण गराउदै पार्टीभित्र गणिभूत छलफल र विमर्श गरी दुविधालाई पन्छाएको बताउनुभयो । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ आभियान संचालन गरी सहिद बेपत्ता घाइते तथा करोडौँ जनताको सपाना सकार बनाउनका लागि माओवादीले तीन महिने महाअभियान संचालन गर्ने उल्लेख गर्नुभयो ।
जनता र माओवादीको सम्बन्ध पानी र माछा जस्तो बनाउछौँ
प्रधानमन्त्री दाहालले हिजो माओवादी र जनता पानी र माछाको जस्तो सम्बन्धलाई पुन कायम गर्ने उल्लेख गर्नुभयो । हिजो माओवादी जनतालाई आवश्यक थियो र जनतालाई माओवादी आवश्यक थियो । अबको महाअभियानमा जनता र माओवादीवीच पुनः माछा र पानीको जस्तो सम्बन्ध कायम गर्ने र देशलाई सम्बृद्धि तर्फ लैजाने उल्लेख गर्नुभयो ।
हिजो शसस्त्र क्रान्तिमा होमिएयौँ, बन्दुकको माध्यमबाट क्रान्ति गर्यौँ, आज समाजबादका निम्ति रुपान्तरको शान्तिपूर्णं महाअभियानमा जुटेकाँ छौँ, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले यो अभियान पनि फरक ढंगको जनयुद्ध भएको उल्लेख गर्नुभयो । उहाँले जनतासंग जोडिएर प्रतिगमण र भ्रष्टाचार विरुद्ध एकाकार भएर सामाजवादी क्रान्ति सफल बनाउनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
उहाँले ३ महिने अभियानमा जनतासंग जनयुद्ध समयकै परिवेश झल्किने गरी जनतासंग जोडिने र तीन महिनाको अभियनापछि माओवादीले जीवन्त पाउने उल्लेख गर्दै त्यसपछि माओवादी देशकै पहिलो शक्ति बन्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले बाहिर प्रतिक्रियाबादीहरुले विभिन्न हल्ला फिजाईरहेकोले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । बाहिर जे जस्ता हल्ला आएका छन् त्यो सत्य होइन्, गठबन्धनमा कु्नै समस्या छैन । सरकार भ्रष्टाचार विरुद्ध लागिरहनेछ ।
सरकारले ठूला आयोजनाहरुको निर्माण गरी देशलाई सम्बृद्ध बनाउने अभियान संचालन गरिरहेको उल्लेख गर्नुहुदै प्रधानमन्त्री दाहालले आफ्नो कार्याकालमा जनताको मन जित्ने काम गर्ने बताउनुभयो ।
देशको सामन्तबाद शासकहरु आन्दोलन र जनतालाई दबाउने कार्यमा बढी उद्दत हुने गरेकाले शान्तिपूर्ण बार्ताका क्रममा माओवादी आन्दोलनलाई दबाउनका लागि दोरम्बा हत्याकाण्ड गराएको प्रधानमन्त्री दाहालको भनाई थियो ।
तत्कालिन माओवादी र सरकारवीच दाङको हापुरेमा दोस्रो चरणको शान्ति बार्ताको क्रममा २०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता तथा कार्याकर्ताको तत्कालिन शाही सेनाले हत्या भएको थियो ।