दोरम्बा, रामेछाप । युद्ध अपराधको चरम दुरपयोग गरी दोरम्बा हत्याकाण्ड भएको नेकपा माओवादी केन्द्रमा स्थायी समिति सदस्य बर्षमान पुनले बताएका छन् । उनले युद्ध नियम र जेनेभा घोषणापत्र विपरित भएको बताएका हुन् ।
१९ औँ दोरम्बा हत्यकाण्ड स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्दै नेता पुनले जनयुद्धको समयमा युद्ध सकिसकेपछि र युद्धमा घाइते भएका सिपाही तथा सेनालाई सकुशल रिहा तथा उपचार गरिएको तर दोरम्बामा राज्यशक्तिले अन्तराष्ट्रिय युद्ध नियमको उल्लघन गरी दोरम्बा हत्याकाण्ड मच्चाएको बताए । 
युद्धविराम भएको समयमा भएको दोरम्बा काण्डमा राज्यशक्तिले युद्ध विराको नियमा तथा आचारसंहितालाई उल्लघन गरेर दोरम्बामा निसस्त्र माओवादी नेता तथा कार्यकर्ताको हत्या भएको बताए ।
उनले भनेः, युद्ध जीवन मरणको लडाई हो, युद्धमा युद्धको नियम हुन्छ, युद्ध सकिसकेपछि निशस्त्र भएको अवस्थामा पनि युद्ध नियमको पालन गर्नुपर्छ, हामीले त्यही निमय पालना गर्दा समेत राज्यशक्तिले युद्ध नियम र युद्धविराम आचारसंहिताको दुरुपयोग गरि जोनेभा घोषणापत्रलाई उल्लघन गर्यो ।
उनले जनयुद्धका कायौँ घटनाहरुको स्मरण गराउदै चर्चित होलरी मोर्चामा पनि माओवादीले राज्यशक्तिको सेना तथा प्रहरीलाई मानवअधिकारबादी संघसंस्था र रेडक्रसको सहयोगमा परिवारलाई बुझाएको बताए । उनले भने, हामीले युद्धमा घाइते भएको प्रहरीलाई दाङको तुल्सिपुरसम्म बोकेर उपचारका लागि पठाएका थियौँ । हामी युद्धको नियम र जेनेभा घोषणापत्रको मूल्यमान्यताको जगमा टेकेर युद्ध गर्यौँ । 
कतिपय कुरामा हाम्रो पनि केही कमजोरी हुनसक्छ तर कमजोरीलाई तत्काल सच्याउन आवश्यक छ । हामीले सेना प्रहरीसंग व्यक्तिगत दुस्मनी भन्दा पनि राज्य व्यवस्था विरुद्ध लडाई थियो । व्यक्तीप्रति हाम्रो कुनै दुस्मनी थिएन । त्यही भएर हामीले युद्धको नियमलाई पूर्ण पालना गर्यौँ । हामीले व्यवस्था विरुद्ध लडेका थियौँ कुनै व्यक्तीसंग थिएन उनले थपे ।
दोरम्बा हत्याकाण्ड हुदा उनी पूर्व कमाण्डमा रहेको र निकै नजिकबाट नियालेको बताए । म यो घटनाको अनविज्ञ होइन म यही पूर्वी कमाण्डको सैन्य कमाण्डर थिए । यो घटनामा जति साथीहरु भागेर बाँच्नुभयो । उहाँहरु यही हुनुहुन्छ, नेता पुनले पोलिटब्यूरो सदस्य हरि दाहाल र दोरम्ब शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानलाई देखाउदै भने, उहाँहरु जीउदो सहिद हुनुहुन्छ ।
दाेरम्बा हत्याकाण्डमा नेपाली सेनाले हत्या गरि फालिएकाे शव। फाइल फाेटाे
हाम्रा २१ जना नेता कार्यकर्ताले ज्यान गुमायो, यही सहिदहरुको रगत पसिनाको जगमा आज नेपालमा गणतन्त्रको अनुभूति गर्न सकेका छौँ । उहाँहरुको सपना हामी पुरा गराउन क्रान्तिका बाँकी कार्यभार पूरा गराउने प्रयासमा छौँ ।
नेपालमा जतिपनि विकास र सम्बृद्धि भएको छ । यसको मुख्य भूमिका माओवादी हो । माओवादीको भूमिका सबैले बुझ्न सकेको छैन । यही भएर नेपालमा माओवादीको चर्चा अब विस्तार हुने बताए । उनले भने, महिला आन्दोलन, जनजाति आन्दोलन, मधेश र दलित आन्दोलन सबैको नेतृत्व माओवादीले लिएको कुरा सबैले मनन् गर्नु जरुरी रहेको बताए ।
नेपालमा महिला पहिलो सभामुख, पहिलो राष्ट्रपति हुनुमा माओवादीको ठूलो भूमिका रहेको भन्दै उनले भने, यो विस्तारै बुझ्दै जानेछ र नेपालमा माओवादी बाहेक अरु पार्टीको अचित्य सकिनेछ ।
उनले अबको नयाँ पुस्ताले प्रचण्डको शालिकमा पूजा गर्नेको लर्को लाग्ने बताए । उनले भने यो निश्चित हो, प्रचण्डको अवसानपछि नेपालका हजारौँ ठाउमा उनको शालिक ठडिनेछ र उनलाई नेपालको महिला, जनजाति, मध्येसी, दलितको अधिकार स्थापना गर्ने व्यक्तिको रुपमा पूजा गरिनेछ ।
उनले फरक प्रसंगमा भने, हामीले क्रान्तिका पहिलो र दोस्रो चरण पूरा गर्यौँ अब तेस्रो चरण पूरा भएपछि नेपालको कम्युनिष्ट आन्दोलनको मूलभूत मागहरु हाम्रो सहिद र हामीले देखेको सपना पूरा हुनेछ । 
युद्ध जित्नु जसरी विकास र सम्बृद्धिको चरण एकैचोटी पूरा नहुने बताए । उनेले चीनमा भएको विकास र सम्बृद्धिको उद्धाहरण दिदै भने, चीनमा सन् १९४९ मा क्रान्ति सम्पन्न भयो तर आर्थिक क्रान्ति अहिले सि जिनपिङसम्म आइपुग्नु पर्यो, यसले ७० बर्ष लाग्यो । चीनमा ७० करोड जनतालाई गरिबीको रेखामुनीबाट उकास्न ७० बर्ष लाग्यो । चीन आर्थिक हिसाबले ठूलो अर्थतन्त्र भएको मूलुक हो । हामीले सोचेको भन्दा फरक छ आर्थिक क्रान्ति ।
हामीलाई आर्थिक रुपान्तरण अर्थात आर्थिक क्रान्ति गर्न केही समय लाग्न सक्छ । तर यहाँसम्म सम्बृद्धि र समाजबादसम्मको यात्रामा माओवादी आन्दोलनको भूमिका सबैभन्दा ठूलो हुनेछ । मधेसमा माओवादी आन्दोलनको भूमिका बुझिरहेको र मधेशको जनताले माओवादी आन्दोलनलाई सम्मानका साथ मधेस सरकारले जनयुद्धका घाइते योद्धालाई मासिक भत्ताको समेत व्यवस्था गरिसकेको भन्दै अब क्रमशः माओवादी आन्दोलनको मर्म र भावना जनताले बुझ्दै गएको बताए ।
यस्तै कार्यक्रममा पोलिट ब्यूरो हरि दाहालले नेपालमा गणतन्त्र स्थापना र संविधानको निर्माणमा जनयुद्ध र जनयुद्धका सहिदहरुको भूमिका रहेको भन्दै सहिदहरुको योगदानको कदर राज्यले गर्नुपर्नेमा जोड दिए । उनले जनयुद्धमा धेरै योद्धा घाइते अपांगता भएको र उनीहरुको व्यवस्थापनका लागि पार्टी तथा राज्यले उचित निर्णय गर्नुपर्ने बताए ।
दोरम्बा हत्याकाण्डा २०६० साउन ३२ गते भएको थियो । दोस्रो चरणको शान्ति बार्ता दाङको हापुरेमा भएको बेला उक्त घटना भएको हो ।
<iframe width="900" height="650" src="https://www.youtube.com/embed/Qu32ctOJ6ZM" title="दाेरम्बा हत्याकाण्ड जेनेभा घोषणापत्र विपरित होः बर्षमान पुन" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>