रामेछाप । दोरम्बा भन्ने वित्तिकै दश बर्ष युद्धको सम्झना गराउछ । यही दोरम्बा आज त्यही युद्धभूमीको अन्यायमा फसिरहेको छ । न्यायको खोजीमा छ । तर न्याय दिन न सरकारी पक्षले तदुरुकताका साथ न्यायको पक्षको वकलात गरेको छ, न विद्रोही तत्कालिन माओवादीका नेता र नेतृत्व लागि परेका छन् । आज यही रनभूमीमा खेल्नेहरु तमाम छन् । तर न्यायको पक्षमा भन्दा पनि घाउँ बल्झाउनेमा बढी तत्पर देखिन्छ ।
दोरम्बा, न्याय हराएको देशको एउटा गाउँ हो..... किन की दोरम्बा एउटा उद्धाहरण मात्र हो । दोरम्बा अन्तराष्ट्रिय मुद्धा बनेर मात्रै हो यो विषय प्रत्येक साउन अन्तिममा बल्झाउछ अनी बाँकी तीन सय चौसठ्ठी दिन गुमनाम रहन्छ र बनाउछ ।
नेपालमा यी र यस्ता धेरै घटनाहरु छन् । जस्ले कुनै चर्चा पाउदैनन् न्यायको त पर..को कुरा । दोरम्बामा जसरी दोरम्बा काण्ड भएको छ । त्यो न्यायिक र युद्ध नियम विपरित पक्कै थियो । यसले नेपाली राजनितीमा थप पीडा, पाठ र राजनीतिको नयाँ परिभाषा बनाएको छ ।
बदलिएको दोरम्बा आज पनि युद्धभूमीको रन मैदानबाट बाहिर निस्कन सकेको छैन । किन की दोरम्बा काण्ड अर्थात (दोरम्बा युद्ध अपराध) ले अझै पनि धेरै दोरम्बाबासीको मनमा चिसो पस्छ । मुटु काम्छ र दोरम्बाबासीमा एक अर्कोलाई हेर्ने दृष्ट्रि फरक हुन्छ । उसो त आज पनि दोरम्बाबासीको आखाँको दृष्ट्रि फेर्नुपर्ने देखिन्छ । किन की दोरम्बाबासीमा तीनै पुरानै पावर र पुरानै मोडल र पुरानै खालको चस्माले राज गरिरहेको छ ।
राज्य व्यवस्था परिवर्तनमा जति दोरम्बाको योगदान छ, यसमा राज्यले दोरम्बाबासीलाई दिने सेवा सुविधामा विभेद छ । विभेदकारी राज्य व्यवस्थामा दोरम्बाको पीडा झन कारुणीक छ । परिवर्तनको साक्षी बनेको दोरम्बामा दलित विवाहितलाई निरुत्साहित गर्नु र दालितसंगको सम्बन्धलाई पानी बार्ने दोरम्बाको चलनले दोरम्बामा अझै क्रान्ति जरुरत छ भन्ने देखाउछ । यही कोणले नै दोरम्बामा थप न्याय हराएको हो ।
यो अन्यायको जरजर पीडामा दोरम्बा शैलुङ हाक्न दोरम्बा काण्डमा ज्यान जोगाएका युद्धभूमीबाट उदाएका मैनकुमार मोक्तानले नेतृत्व गर्दैछ । अबको यो अर्ध दशक दोरम्बाको न्याय र दोरम्बाको विकासको अपेक्षा गरेकै छ तर उनले दोरम्बाको पीडालाई बुझ्लान् या नबुझ्लाई अझै अर्धदशक अर्थात अबको पाँच बर्ष कुर्नुपर्छ ।