सिपी गजुरेल नेपाली कम्युनिष्ट पार्टीका नेताहरुमा नाम कहालिएको नेता हो । तत्कालिन माओवादीको शसस्त्र द्वन्द्वकालमा विदेश विभाग सम्हालेका गजुरेल अहिले गुनाम जस्तै छन् । २०७० सालमा मोहन बैद्य (किरण)ले माओवादी पार्टी फुटाएसंगै मोहन बैद्य (किरण) संगै लाग्नुभएको गजुरेल त्यसयता लगभग गुनाममा छन् ।
क्रान्तिलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने माग राख्ने र बन्दुकबाटै सत्ता प्राप्त गर्नुपर्ने अडान राख्ने गजुरेल पछिल्लो समय बल प्रयोग हुनुपर्नेमा जोड दिने नेताहरुमा पर्दछ । नेकपा–माओवादी (क्रान्तिकारी)को स्थायी समिति सदस्य समेत रहनुभएका गजुरेल संसदीय व्यवस्थाको पूर्णरुपमा विरोध गर्नुहुन्छ ।
लामो समयसम्म अर्धभूमिगत जस्तै बन्नुभएका गजुरेल २०७९ साउन ३१ गते रामेछापको दोरम्बामा दोरम्बा हत्याकाण्डको स्मृति सभामा सहभागी हुनुभयो । सत्तारुढ नेकपा माओवादीकेन्द्रले पनि स्मृति दिवस र श्रद्धाञ्जली सभा मनाई रहदा धर्मेन्द्र बास्तोल नेतृत्वको नेकपा बहुमत र नेकपा माओवादी (क्रान्तिकारी) ले संयुक्त सभा गरेको थियो । उहाँ पछिल्लो समय संसदीय व्यवस्था र जनसत्ताको विषयमा दुई मत राखेको पाइयो । आवश्यकता अनुसार ब्यालेट र बुलेट दुईटै कुरालाई प्रयोग आवश्यकताअनुसार गर्ने बताउनुभएको गजुरेलसंग आवाजनले कुराकानी गरेको छ । प्रस्तुत छ उहाँसंग गरेको कुराकानीको संम्पादित अंश ।
- नेपालको कम्युनिष्ट आन्दोलनमा उतारचढाब छ, विगतदेखि नै तपाईहरु क्रान्तिकारीहरुलाई ध्रुविकरण गर्दैहुनुहुन्छ, के फेरी विचार नमिलेर फुट्ने त होइन?
एउटा गुटको कुरा हरेक व्यक्तिमा इच्छामा भरपर्छ । कसैले पनि पार्टी फुटोस भन्ने चाहदैन । तर पार्टी त फुट्छ नी । फुटको पछाडि त कारणहरु हुन्छन् । माहोल हुन्छ, त्यहाँ जनताको चेतनाको कुरा हुन्छ । संघर्षको स्तरको कुरा हुन्छ ।
एउटा कल्पना गरौँ न यदि हामी पनि पाटी फुटाउनु हुदैन भनेर प्रचण्ड जी कै पछि लागेर हिडेको भए यो गलत छ भन्ने कुरा थाहा हुदै हुदैनथ्यो नी . । अहिले उहाँहरु रुखलाई भोट हाल्नु भन्दै राष्ट्रघाती सम्झौता गर्दै हिड्नभएको छ । हामी समेत त्यहाँ भएको भए के हुन्थ्यो होला तपाई आफै सोच्नुस् न... हामी पनि पार्टीकै निर्णय मान्नुपथ्र्यो ।
धेरै कुराहरुले प्रभाव पार्छन् । तर अहिले के भएको छ भने, यो पाटी किन फुटाउनुभयो, फुटाउनु हुदैनथ्यो भन्ने जुन जनताको तह थियो त्यो अहिले विजयी भएको छ । वास्तवमा यो पार्टी अगल भएको राम्रो भएछ । किन भने एउटा कल्पना गरौँ न यदि हामी पनि पाटी फुटाउनु हुदैन भनेर प्रचण्ड जी कै पछि लागेर हिडेको भए यो गलत छ भन्ने कुरा थाहा हुदै हुदैनथ्यो नी . ।
अहिले उहाँहरु रुखलाई भोट हाल्नु भन्दै राष्ट्रघाती सम्झौता गर्दै हिड्नभएको छ । हामी समेत त्यहाँ भएको भए के हुन्थ्यो होला तपाई आफै सोच्नुस् न... हामी पनि पार्टीकै निर्णय मान्नुपथ्र्यो । अहिले चाँही हामीलाई जनताले बुझेको छ र राम्रै भएको छ । जनताले बुझ्दै गएको छ । एकता त हुन्छ तर विचार मिल्नेहहरुसंग मात्रै हुन्छ । सबैसंग एकता हुन सक्दैन र हुदैन पनि । अहिले नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतसंग एकताको कुरा भइरहेको छ र संयोजन समिति बनिसकेको छ । अब प्रक्रिया अघि बढ्छ ।
- अब के संसदीय पार्टीसंग एकता हुन्छ की हुदैन ?
अब संसदीय पार्टीको चिन्हमा भाग लिने या नलिने भन्ने बिषय हाम्रो कार्यनितिको विषय हो । कार्यनीतिको विषय भएको हुनाले कहिले चुनावमा भाग लिनुपर्छ कहिले बहिस्कार गर्नुपर्छ । त्यो नै हाम्रो पार्टी एकताको पहिलो विषय होइन ।
जस्तो हाम्रो एकताको लागि चाँही विद्रोही मसालसंग पनि भइरहेको छ । उहाँहरु त चुनावमा भाग लिइरहनुभएको छ । विगत चुनावमा पनि भाग लिनुभएको थियो । चुनावमा भाग लियो भन्दैमा पार्टी एकता नहुने भन्ने होइन तर त्यो कार्यनीतिको विषय हो । परिस्थिति अनुसार कहिले निर्वाचन उपयोग गर्न पनि सकिन्छ । क्रान्तिलाई सहयोग भयो भने चुनावमा भाग लिन्छौँ । सहयोग पुग्दैन क्रान्तिलाई भ्रम पैदा हुन्छ भने बहिस्कार गछौँ । संसदीय पार्टी बाहेकसंग एकता गर्ने भन्ने चाँही होइन ।
- हिजोका क्रान्तिका सहयात्रीहरु कोही संसदीय व्यवस्थालाई अगाल्ने कोही चाँही बहिस्कार गर्ने, यसरी त हिजोको नयाँ संविधान लगायत क्रान्तिको एजेण्डा त पूरा हुदैन नी ??
संविधान नेपालमा नबनेर माग गरेको होइन नी.... सात किसिमका संविधान त पहिला नै बनिसकेको थिए । त्यो संविधान नेपाल राष्ट्र र नेपाली जनताको हितमा भएन त्यसकारण संविधानसभाको निर्वाचन गरेर जनगणतन्त्रवाला संविधान बनाउनुपर्छ भनेरै हामीले संविधानसभाको माग गरेका हौँ । तर के भयो भने संविधानसभाको चुनाव पनि भयो तर त्यो जनगणतन्त्र कहाँ गयो गयो । अब यो चाँही यो चाँही लोकतान्त्रिक गणतन्त्रमा सम्झौता भयो । यसकारण हाम्रो लक्ष्य पूरा भएन ।
दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवसरमा आयोजित जनसभामा सम्बोधन गर्नुहुदै नेता गजुरेल । तस्बिरः आवाज नेपाल
त्यसो हुनाले जबसम्म जनगणतन्त्र स्थापना हुदैन नेपालमा तबसम्म नेपाल राष्ट्र र नेपाली जनताको हित हुदैन भन्ने कुरा त पटक पटक सावित भयो नी । अहिले गणतन्त्र आइसकेपछि पनि सावित भयो । हुन त गणतन्त्र बनाउनेहरुले राजा भएको र नभएकोमा धेरै भिन्न छ भन्थ्ये । राजतन्त्र नहुदा पनि त खास परिवर्तन त भएन त्यो भएको हुनाले हामीले संविधान चाँही जनगणतन्त्र समाहित भएको संविधानसभाको माग गरेका हौँ ।
- हिजो प्रचण्ड र तपाईहरुसंगै हुनुहुन्थ्यो, आज अलग हुनुभएको छ । अब प्रचण्ड र तपाईहरुसंगै हुनका लागि प्रचण्डले के गर्नुपर्छ र तपाईहरुले के गर्नुपर्छ ?
अब त्यो चाँही हामीले पार्टी एकताका लागि ६ वटा आधारहरु तय गरेका छौँ । त्यो आधारहरु भनेको के हो भने, माक्सबाद, लेलिनबाद र माओवादलाई आगाल्नुपर्यो । अब इतिहासमा आमुल परिवर्तन चाँही चुनावबाट हुदैन । बल प्रयोगबाट हुन्छ भन्ने कुरालाई हामी दोस्रो आधार भन्छौँ ।
यो संसदीय व्यवस्थापलाई त्याग्नुप्यो अथवा बहिस्कार गर्नुपर्यो । जनवादी केन्द्रियतालाई मान्नुपर्यो र अहिलेको सत्ता छ यसको विरोध गर्नुपर्यो । सत्ताको पक्षमा रहेकाहरुसंग एकता हुन सक्दैन । अहिलेको संसदीय व्यवस्था मान्नेहरुसंग एकता हुन सक्दैन । यी छ वटा आधारहरु पालना गर्ने दलहरुसंग मात्र एकता हुनसक्छ । अन्यथा हुन सक्दैन ।
अब आयो प्रचण्डको कुरा प्रचण्डले जनवादी केन्द्रियता त मान्छु भन्छन् तर पाचै वटा अन्य मापदण्ड मान्दैन भन्छन् ।
जनता जसले पनि प्रयोग गर्छ । भोट लिन पनि त जनता नै चाँहियो । तपाई एक्लैले भोट हालेर जित्ने होइन । एक्लैले भोट हालेर पनि मानिदैन । त्यो चाँही जनतामा भरपर्छ । जनता अरुद्वारा प्रयोग हुने हो की आफ्नै लागि लड्ने हो ?
माक्सबाद, लेलिनबाद र माओवादमा माओवाद प्रचण्डले छाडिहाल्यो । उनीहरु माओवाद नमाने पनि माक्सबाद, लेलिनबाद मान्छु भनेका छन् । यसमा पनि उनीहरुसंग मिल्दैनन् । अर्को उनीहरु यो सत्ता जोगाउनेमा हाम्रो ठूलो योगदान छ भनि यो सत्ता छाड्दैनन् र सत्ताको विरोध गर्दैनन् । संसदीय व्यवस्थाको विरोध गर्दैनन् र यो व्यवस्थाबाट पछि हट्दैनन् । यसरी हेर्दा प्रचण्डसंग पार्टी एकता हुने अवस्था देखिदैनन् । मूलभूत रुपमा उहाँहरुसंग पार्टी एकता अहिलेको स्थितिमा असंभव नै हो ।
- माओवादको पालनको गर्ने हो गाउँबाट सहर केन्द्रित विद्रोह अर्को बन्दुकबाट सत्ताको स्थापना, यसै कारण तपाईहरुले जनयुद्ध गर्नुभयो अर्को कुरा यी कुरालाई अगाल्ने विप्लव पनि मूलधारको राजनीतिमा आइसक्यो । अब तपाईको पालो हो मूलधारको राजनीतिमा आउने ?
जनयुद्धको कुरा त तपाईले पनि भन्नुभयो । अर्को सबै जनतालाई थाहा छ । त्यस बखत हामीले ग्रामिण इलाकामा जनसरकार गठन गरीसकेपछि र त्यतिबेला ८० प्रतिशत भू–भागहरु कब्जा गरीसकेपछि पार्टीले सहर केन्द्रित विद्रोह गर्ने भनेर सहर पसेको हो । त्यतिबेला दुस्मनको ढाडमा टेकेर टाउकोमा हान्ने अभियानका साथ पार्टीको नीति नै थियो । त्यहि निति अनुसार सत्ता कब्जा गर्ने भनेरै आएको हो ।
प्रचण्डले पनि शान्ति प्रकृयामा भाग लिने अनि सहर कब्जा गर्ने भने पहिला तर त्यो होइन रहेछ । त्यो धोका भयो हामीलाई । उनले सत्ता कब्जा गर्नका लागि नभइ संसदीय व्यवस्था ल्याउनका लागि शान्ति सम्झौता गरेको रहेछ । आखिर लोकतान्त्रिक गणतन्त्र भनेको त्यही संसदीय व्यवस्था त हो ।
उनले जनयुद्धको उपलब्धी साट्नुभयो । अर्को विप्लवजीको कुरा छ, विप्लव जी चाडै क्रान्ति गर्छु भन्नुहुन्थ्यो तर अन्तमा विप्लव जी पनि यही व्यवस्थालाई अगाल्ने र चुनावमा भाग लिने भन्नुभयो । शान्तिपूर्ण वातावरणबाट सत्ता प्राप्त गर्ने रणनीतिमा लाग्नुभयो । ओलीसंग तीन बुदे सम्झौता गर्नुभयो । अब ओली, प्रचण्ड र विप्लव जी फरक हुनुहुन्न ।
- तपाईले भने जस्तै, गाउँ केन्द्रित विद्रोह सकाएर सहर केन्द्रित विद्रोहको लागि सहर पसेको माओवादी कहानेर पुगेर अल्मलियो ? अवथा रोकियो ?
क्रान्ति रोक्नुपर्ने स्थिति नै थिएन । रोक्नुको पछाडि उहाँहरु अर्कैतिर जानका लागि रोक्नुभएको हो । क्रान्तिका सबै विचार छोडेर उहाँहरु संसदीय विचारतिर लागिहाल्यो नी । हामीले रोक्ने भनेको होइन नी हामीले त निरन्तरता दिनुपर्ने भनेको हो । तर के भयो भने पार्टी अलग भएपछि पार्टीको शक्ति कमजोर भयो ।
हामीले चाँही युद्धलाई अगाडी बढाउन सकेनौँ । विद्रोह गर्ने भन्ने नीतिलाई व्यवहारमा लागु गर्न अप्ठ्यारो भयो । त्यसले गर्दाखेरी विद्रोह गर्न ढिलो भएको हो नी.. । हामी निरन्तर विद्रोहको तयारीमा जुटिरहेका छौँ । हामी निरन्तरता दिन्छौँ अहिले पार्टी एकता गरेको पनि त्यसको निरन्तरताका लागि हो ।
- नेपालमा कम्युनिष्ट आन्दोलनले विकासमा अवरोध भएको पनि कतिपय उद्धाहरण छ । गएको निर्वाचनमा दुई तिहाई नजिकको बहुमत ल्याउने कम्युनिष्ट पार्टी पनि विभाजित भयो । यसरी कम्युनिष्ट आन्दोलन हुने अनि भएको उपलब्धी कार्यन्वयन नहुने यस्तो स्थितिले नेपालको हित हुन्छ ?
अब हाम्रो सहर केन्द्रित विद्रोह अवरोध भयो । त्यसपछि देशमा ठूलो प्रतिक्रान्ति भयो । प्रतिक्रिायबादीहरु हावी भयो र क्रान्तिकारी शक्तिहरु कमजोरी भयो । त्यसैले तार्किक क्रान्ति सफल हुन सकेन । त्यसकारण हामीले गर्ने कार्यभार भनेको के हो भने अब क्रान्तिकारी शक्तिहरुलाई एकता गरी बलियो कसरी बनाउन सकिन्छ भन्ने हो । जबसम्म क्रान्तिकारी बलियो हुदैन । तबसम्म अहिलेको शक्ति सन्तुलन हुदैन ।
अनि प्रतिक्रियाबादीहरुको चलखेल भइरहन्छ । गरिरहन्छन् । कहाँ उनीहरुले तिमीहरु सत्ता संचालन गर भनि दिन्छन् त ? अहिले एमाले पनि आफूलाई कम्यनिष्ट भन्छन्, माओवादी पनि कम्युनिष्ट भन्छन्, तर बास्तवमा उनीहरु कम्युनिष्ट होइनन् रहेछ । उनीहरु आफ्नो एजेण्डा छोडेर अर्काको एजेण्डामा हिड्छन् । काग्रेस, एमाले, माओवादी यी दलहरुमा के फरक छ ? प्रचण्ड रुखमा भोट हाल्छन्, रुखको प्रचार गर्छन् ।
उनीहरु कम्युनिष्ट पार्टीका नेता होइनन् । अब वास्तविक कम्युनिष्ट पार्टीहरु एक ठाउँमा धु्रविकरण हुनु आवश्यक छ । यसरी एकता र क्रान्तिको कार्यभार पूरा गराउनका लागि सबै कम्युनिष्ट पार्टी एक ठाउँमा उभिन सकियो भने हामीले भनेको जस्तो जनवादी केन्द्रियता सहितको सत्ता प्राप्त गर्छौ र बैज्ञानिक समाजबादको यात्रामा देश अघि बढ्छ ।
- अब तपाईहरुको क्रान्तिको यात्रा चाँही ब्यालेटबाट हुन्छ कि बुलेटबाट ?
हाम्रो चाँही यो ब्यालेटबाट समाजबाद आउदैन । फेरी ब्यालेटको उपयोग गर्नु हुदैन पनि होइन । प्रयोग गर्दा फाइदा हुने भए प्रयोग गर्ने हो । हामी बल प्रयोगलाई चाहीँ मान्ने भनेको चाँही के हो भने यो चुनाबाट निर्णायक सत्ता जन्मदैन भन्ने हो । त्यही भएर चुनावबाट खास क्रान्ति पूरा हुदैन । हामी चुनावलाई भन्दा बढी बल प्रयोग (बुलेट) लाई बढी प्राथमिकता दिन्छौँ ।
हिजो युद्धबाट आएका तमाम नेताहरुहरु तपाईकै सहयात्रीहरु शान्ति प्रकृयाको नाममा नेताको आचरण फेरियो । परिवर्तन भयो क्रान्ति पूरा भएन । तपाईहरु चाँही क्रान्तिलाई कुन मोडसम्म पुर्याएर आचरण फेर्ने हो ? जनता त हेरिरहेको छ नी ? अझ जनतामा शंका छ । .
यो चाँही जनताले हेर्छन् । एक पटक नेताहरुको आचरण फेरियो भन्दैमा वा त्यसो भयो भन्दैमा सधैभरी हुदैन नी । प्रकृतिमा पनि त्यस्तो हुन्छ र ? हुदैन नी । प्लेन दुर्घटना भइराखेको हुन्छ संसारमा, तर प्लेट दुर्घटना हुन्छ भन्दैमा एयरपोर्टमा मान्छेहरुको लाइन नलाग्नुपर्ने हो । मान्छेहरु हिडिरहन्छन् । जहाँ त्रुटी हुन्छ । त्यही भइहाल्छ । तर सधै त्यस्तो हुन्छ भन्ने हुदैन । कामै नहुने भन्ने हुदैन । एकपल्ट धोका भयो । अब धोका हुन्छ की भनेर जनताले निगरानी गर्न चाँही आवश्यकता हुन्छ ।
एक दुई पल्ट त्यस्तो भयो भन्दैमा सधैधरी त्यस्तो भइरहन्छ क्रान्तिको कामै हुदैन भन्ने चाँही हुदैन । सुरु सुरुमा जनताले शंका गर्लान र गर्नु स्वभाविक हो तर क्रान्तिको लक्ष्य प्राप्तिको दिशामा पुगिसकेपछि जनताले क्रान्तिको पक्षमा साथ दिन्छन् ।
- अहिले संसदीय व्यवस्थामा पनि जनताको प्रयोग भइरहेको छ । तपाईहरुले पनि जनतालाई नै उपयोग गर्ने हो । एमाले माओवादीले दुई तिहाइ नजिकको जनमतलाई दुरपयोग गर्यो अब तपाईहरु पनि जनताको नै प्रयोग गर्दै हुनुहुन्छ ? के जनता असफल प्रयोगशाला हो ?
जनता जसले पनि प्रयोग गर्छ । भोट लिन पनि त जनता नै चाँहियो । तपाई एक्लैले भोट हालेर जित्ने होइन । एक्लैले भोट हालेर पनि मानिदैन । त्यो चाँही जनतामा भरपर्छ । जनता अरुद्वारा प्रयोग हुने हो की आफ्नै लागि लड्ने हो ? हामीले त प्रयोग गर्न खोजेको होइन नी । जनतालाई त अधिकार सम्पन्न बनाउन खोजेको हो नी । जनताले अधिकार पाएन । अधिकार पाउनुपर्छ ।
शासन सत्ता पनि जनताले नै चलाउनुपर्छ भनेको छ नी । हामीले प्रयोगशाला बनाउन खोजेको होइन । चुनावमा प्रयोग गर्छ । त्यसलाई प्रयोग गर्ने र जनताको हित विपरित काम गर्ने भएकाले असफल नै ठान्नुपर्छ तर हामीले कहिले पनि जनतालाई प्रयोग गर्ने सोच्दै सौच्दैनौँ । जनता अधिकार सम्पन्न हुनुपर्छ । जनताले नै शासन सत्ता संचालन गर्न सक्ने हैसिष्त बनाउने काम चाँही हाम्रो पार्टीको काम हो ।
- अन्तमा जनतासंग तपाईको प्रतिबद्धता के छ ?
हामीले पहिलो जुन प्रकारले क्रान्तिको प्रतिबद्धता गरेका थियौँ त्यो धोका भयो अब फेरी क्रान्तिको बाँकी कार्यभार पूर्णरुपमा सफताका साथ पूरा गर्ने प्रतिबद्धता गर्न चाहन्छु ।
(आवाजनेपालडटकमका लागि प्रधानसम्पादक सचेत घिसिङले २०७९ साउन ३१ गते दोरम्बा हत्याकाण्ड स्थलमा नेता गजुरेलसंग कुराकानी गरेका थिए । )